आशाहरू सँगाली, बढ्दै छु जिन्दगी मा
खप्दै अनेक आँधी,अड्दै छु जिन्दगी मा।
के के थिए अनेकौं, सङ्घर्ष का कहानी,
छाती भरी सँगाली, पढ्दै छु जिन्दगी मा।
जानै रहेछ पर्ने, छाडेर त्यो किनारा,
जस्तै रहुन् उकाली, चढ्दै छु जिन्दगी मा।
यात्रा सहर्ष गर्ने, पुग्दैन सोच खोई,
चिप्लेर छेउमा नै, लड्दै छु जिन्दगी मा।
