दुर्भेद्य बाटो
बाँचिन्छ खै कसोरी मिल्दैन सत्य पाटो,
काँडाहरू यहाँ छन् दुर्भेद्य यो छ बाटो।
सम्बन्ध हुन्छ तातो त्यै द्रव्य को सहारा,
को पुज्छ खै सुदामा सर्वत्र हुन्छ घाटो।
भुल्दै गए पुराना ती दिव्य कर्म धेर,
खोजेर हुन्छ के पो मिल्दैन मूल्य साटो।
भैगो म रुन्छु याहाँ पोल्दैछ घाउ आज,
मान्छौ मजा तिमीले कोट्याई हेर्न खाटो।
